• २० फागुन २०८१, मङ्गलबार

सैनामैना गोल्डकप : मुर्गिया एफसीको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर : गोरखापत्र

छविलाल पाण्डे 

सैनामैना, फागुन १९ गते । प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ । मुर्गिया मैदानमा सोमबार भएको उद्घाटन खेलमा आयोजक मुर्गियाले गोर्खा ब्वाइज बुटवललाई १–० गोलले हरायो । 

प्रतिस्पर्धात्मक खेलमा मुर्गियाको जितमा रोशन पहाडीले ४७औँ मिनेटमा गोल गर्नुभयो । गोर्खा ब्वाइजको गोल फर्काउने प्रयास सफल भएन । यसअघि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उहाँले सैनामैनामै राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो । 

प्रतियोगिता अन्तर्गत मङ्गलबार नेपाल पुलिस क्लब र रुपन्देहीको फर्साटिकर फुटबल क्लबचिच प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगिताबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिएको प्रतियोगितामा संयोजक अशोक खड्काले बताउनुभयो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई चार लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।