• २० फागुन २०८१, मङ्गलबार

गुठीपीडित किसानको माग सम्बोधन गर्न आग्रह

blog

सन्तोष दहित

दाङ, फागुन १९ गते । थारू कल्याणकारिणी सभा (थाकस) दाङले  स्वर्गद्वारी गूठीपिडित सङ्घर्ष समितिले राखेको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । माग सम्बोधनको माग गर्दै समितिले शान्तिपूर्ण दबाबको कार्यक्रम गर्दैआएको छ ।  

सभाले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि आन्दोलनमा रहेको गुठीपीडित किसानको माग सम्बोधन गर्न माग गरेको हो । थाकसले पीडितको कार्यक्रममा बल प्रयोग नगर्न पनि सुरक्षा प्रशासनको ध्यानाकर्षण गराएको छ । 

सभाले पीडित किसानको मागलाई सरकारले संवेदनशील भएर सुनुवाई गर्नुपर्ने आग्रह गर्दै वार्ताबाट समाधान खोज्न सुझाव दिएको छ । त्यसैगरी सभाले लामो समयदेखि  जोतभोग गर्दैआएको जग्गा समेत मोहियानी कायम गर्न माग गरेको छ ।