• ५ असार २०८२, बिहिबार

‘अन्त नसरे’ सार्वजनिक

blog

 गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ५ गते ।  कर्नबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको गीतलाई सार्वजनिक गरिएको छ । काठमाडौँमा बुधबार आयोजित एक समारोहबिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । 

दीपक शर्माको शब्द, सङ्गीत रहेको गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको स्वर रहेको छ । गीतलाई नरेन्द्र वियोगीले  एरेन्ज गर्नुभएको छ । विनोद शाही र दीपा शाहीको अभिनय रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र थापामगरको छायाङ्कन र माधव बेलबासेको सम्पादन रहेको छ । विनोद शाहीले नै भिडियोको निर्देशन गर्नुभएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले राज्यको मूल प्रवाहमा महत्वपूर्ण स्थान ओगटेको बताउँदै सबै दल र जनप्रतिनिधिहरू कर्णालीको विकासका लागि एक भएर अगाडि बढिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाही, कान्तिका सेजुवाल, दयालबहादुर शाहीलगायतको सहभागिता रहेको थियो ।