• २६ फागुन २०८१, सोमबार

फेन्सी पसलमा आगलागी

blog

वीरेन्द्रनगर बजारस्थित फेन्सी पसलमा लागेको आगाे निभाइँदै । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, फागुन २६ गते ।
वीरेन्द्रनगरको एक फेन्सी पसलमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बिच बजारमा रहेको फेसन हबमा आगलागी हुँदा धनमाल जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलको डेकाेरेसन, फेन्सीमा रहेको सामान जलेर नस्ट भएको जनाइएको छ । आगलागीका कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले बताउनुभयो ।

प्रहरीले क्षतिको सम्पूर्ण विवरण नआए पनि प्रारम्भिक विवरण अनुसार लाखौं रुपियाँको क्षति भएको हुनसक्ने जनाएको छ । अहिले विवरण सङ्कलनको काम भइरहेको खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार व्यापारी रेशमबहादुर थापाको पसल जलेको हो । सोमबार दिउँसो करिब १ः३० बजे आलागी भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ । वीरेन्द्रनगर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरिएको हो ।