शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लीलाराज खड्का
बिर्तामोड, पुस १३ गते । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइतवार दिउँसो साढे २ बजेतिर पानीमा डुबेर मृत्यु भएको हो ।
खेल्ने क्रममा साढे २ बजे पानीमा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा दिउँसो ३.३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।