• ६ चैत २०८१, बुधबार

ऐरावती आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा सोनी

blog

निर्वाचित भएपछि विद्यार्थीहरु विजयउत्सवमा ।

सन्तोष दहित

दाङ, चैत ६ गते । दाङको  ऐरावती आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा विनोदकुमार सोनी निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)  निर्वाचनमा सोनीको प्यानल विजय भएको हो ।

नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन अखिल (क्रान्तिकारी) र अखिल छैटौंबाट अध्यक्ष पदका उम्मेदवार सोनीले २ सय १४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश पुनले १ सय ५८ मत प्राप्त गर्नुभयो । 

त्यस्तै सचिवमा पनि गठबन्धनकै दिपक शर्मा १ सय ९३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट सचिव पदका उम्मेदवार भुवन भट्टराईले १ सय ६५ मत प्राप्त गर्नुभयो । 

यस्तै, कोषाध्यक्षमा मन्दिप पोख्रेल १ सय ८९ मत प्राप्त गर्दै विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट कोषाध्यक्ष पदका उम्मेदवार निसम पोख्रेलले १३४ मत प्राप्त गर्नुभयो । 

यस्तै, सदस्यहरूमा सोनीको प्यालबाटै सदस्यमा अनिल चौधरी १ सय ८३ मत, मणिप्रसाद पौडेल १ सय ८८ मत, भुपिन्द्र परियार १ सय ८६ मत, सौरभ पोख्रेल १ सय ८८ मत र रविना कँवुरले १सय ८३ मत ल्याएर विजयी हुनुभयो । 

सोहीअनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट सदस्यतर्फ सुनसरी चौधरी १ सय ५४ मत, ताराकुमारी पुन १ सय ५४ मत, भोजराज पोख्रेल १ सय ५६ मत, लक्ष्मण चौधरी १ सय ५५ मत र सुवासना मल्ल १ सय ५९ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) निकट अनेरास्ववियुबाट अध्यक्ष पदमा अनिल सुनारले १ सय ८ मत प्राप्त गर्नुभएको छ । सचिवमा प्रकाश जेठारा १ सय १५ मत प्राप्त गरे भने कोषाध्यक्षमा निमराज गौतम १ सय ५२ मत मात्र पाउनुभयो । सदस्यतर्फ शिवराम कंडेल १ सय ४६, बबीकुमारी चौधरी १ सय ३०, मनिषा खड्का १ सय ३६, सविन शर्मा १ सय १६ र जालुमाया सुनार १ सय १३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक आनन्द लामिछानेले जानकारी दिनुभयो । निर्वाचनमा कुल ७२५ मतदाता मध्ये ४८५ मत खसेको थियो। १ मत बदर भएको निर्वाचन समितिका संयोजक लामिछानेले जानकारी दिनुभयो ।