• १३ चैत २०८१, बुधबार

बबई बहुमुखी क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने

blog

बर्दियाको बबई बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मनोनयन दर्ता पश्चात फोटो खिचाउँदै अखिलका विद्यार्थीहरु । तस्बिर:ज्योति पन्थी

ज्योति पन्थी
बबई (बर्दिया), चैत १२ गते ।
यही चैत १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मध्यपश्मिनञ्चल विश्वविद्यालयअन्तर्गत रहेको बर्दियाको बबई बहुमुखीक्याम्पसमा चुनावी सरगर्मी बढेको छ । बबई बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चुनावी प्रतिस्पर्धाका लागि मैदामा उत्रिएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट उमेदवारी दिएका सुन्दरम गुप्तालाई माओवादी निकट अखिल क्रान्तिकारी, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले समर्थन गरेका छन् भने नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियनका लक्ष्मण भण्डारीलाई नेकपा माओवादी विप्लव निकट अखिल समाजवादीले समर्थन गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्याथी युनियनका तर्फबाट उमेदवार भएका भण्डारी हाल स्वतन्त्र विद्यार्थी युनियको सभापति समेत रहेका छन् ।

बबई बहुमुखी क्याम्पसमा १८ गते हुने निर्वाचनमा विद्यार्थीहरु भन्दा पार्टीका नेताहरुलाई पेचिलो बन्दै गएको छ । नेपाल विद्यार्थी संघका उमेदारका लागि नेपाली कांग्रेस नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी र जनता समाजवादी पार्टीका नेताहरु विद्यार्थीको घर घरमा पुगेर मत मागि रहेका छन् भने अनेरास्ववियुका लागि एमाले र विप्लव माओवादी निकट नेताहरुले घर घरमा पुगेर मत माग्न सुरु गरेका छन् यसले गर्दा चार पार्टी भर्सेस दुई पार्टीबिच प्रतिस्पर्धा देखिएको छ । बर्दियाका चार पार्टी मिल्दा समेत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पल्ला भारी देखिएको छ । क्याम्पसमा अध्यनरत रहेका मतदाता विद्यार्थीहरुले समेत अखिलका भण्डारी विगत वर्ष देखिनै विद्यार्थीहरुको माझमा बढी परिचित र घुलमिल रहेका कारण उनले जित्नेमा आफु विश्वस्त रहेका बताए ।

विद्यार्थीहरुको मनोभावना बझुेर काम गरेका कारण यस निर्वाचनमा पनि आफु निर्वाचित हुने निश्चिन्त रहेको अनेरास्ववियुका उमेदवार लक्ष्मण भण्डारीले बताउनुभयो भने विगतका वर्षहरुमा स्वतन्त्र विद्यार्थी युनियनले  विद्यार्थीको हक हितमा केही गर्न नसकेका कारण आफुले नेपाल विद्यार्थी संघको तर्फबाट १८ गते हुने निर्वाचनमा उमेदवारी दिएको नेपाल विद्यार्थी संघका उमेदवार सुन्दरम गुप्ताले बताउनुभयो ।

सोमबार मनोनयन दर्ता गराएसँगै १८ गतेको निर्वाचनका लागि आफ्नो आफनो एजेण्डा लिएर विद्यार्थी सङ्गठनहरु मतदाताको घर घरमा जान सुरु गरेका छन् । सात सय ६१ जना मतदाता रहेको बबई बहुमखी क्याम्पस बर्दिया जिल्लाकै सवैभन्दा पुरानो क्याम्पसको रुपमा चिनिन्छ ।