तम्घास समाचारदाता
तम्घास, चैत १८ गते । गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने बढी रहेका छन् । गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक सातामा १३० जनाले नयाँ नागरिकता लिएका छन् भने १८१ जनाले प्रतिलिपि नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक साताको अवधिमा नयाँ र प्रतिलिपि गरेर नागरिकता बनाउनेको सङ्ख्या ३११ रहेको छ ।
नागरिकले नागरिकतालाई माया नगर्ने, जथाभाबी फ्याँक्ने र सानातिना गल्ती भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उहाँको भनाइ छ ।
यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाको श्रीमान्श्रीमती र बाबुआमाको नाम नमिल्ने गरेका कारण पनि रहेको गैरेले बताउनुभयो ।