• २४ चैत २०८२, मङ्गलबार

नेपालको विश्वकप छनोट सम्भावना राम्रो छ : प्रशिक्षक पाठक

blog

अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक हर्शल पाठक । तस्बिर : गोरखापत्र

काठमाडौँ, पुस ८ गते । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक हर्शल पाठकले नेपाली महिला खेलाडीको सम्भावना राम्रो खेलेर आफु प्रशिक्षक बन्न तयार भएको बताउनु भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार प्रशिक्षक पाठकसँग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पाठकले नेपाली महिला टोली आइसिसी टी–२० विश्वकपमा छनोट हुनेमा आफु आशावादी रहेको पनि बताउनु भयो । 

‘‘नेपालका पछिल्लो समय क्रिकेटको माहोल राम्रो बनको छ । नेपाल कुनै पनि देशका लागि बलियो विपक्षी हो । यहाँका खेलाडीमा राम्रो गर्ने क्षमता प्रचुर देखेको छु । विश्वकपमा लागि हामी राम्रो योजना बनाएर खेल्ने छौँ । यहाँका खेलाडी राम्रो क्रिकेट खेल्न उत्सुक रहेकोले उत्कृष्ट प्रदर्शनसहित नेपाल विश्वकपमा छनोट हुनेमा आशावादी छु,’’ पाठकले भन्नु भयो । 

क्यानले गत मङ्गलबार मात्र पाठकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली महिला खेलाडीको प्रशिक्षण क्याम्प भने यसअघिनै सुरु भई सकेको छ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने छ । 

छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको समूह विभाजन खेल खेल तालिका अनुसार नेपालको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग परेको हो । 

छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । 

छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।