काठमाडौं, पुस ७ गते । लेखक डिल्लीबहादुर बिसीको कृति विवेचना सार्वजनिक गरिएको छ ।
एक कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो।
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विवेचना समसामयिक समाज, राजनीति र जीवनका विविध पक्षलाई विचारप्रधान ढङ्गले प्रस्तुत गर्ने कृति भएको बताउनुभयो । उहाँले यस्ता कृतिहरूले समाजमा वैचारिक बहसलाई बलियो बनाउने उल्लेख गर्नुभयो।
लेखक बिसीले पुस्तकमा समाज, राजनीति तथा वर्तमान घटनाक्रमलाई विश्लेषणात्मक दृष्टिले समेटिएको जानकारी दिनुभयो । विगत, वर्तमान र भविष्यबीचको सम्बन्धलाई विचारको आधारमा प्रस्तुत गर्नु पुस्तकको उद्देश्य रहेको उहाँको भनाइ छ।
पुस्तक विमोचन कार्यक्रममा साहित्यकार, राजनीतिज्ञ तथा पाठकहरूको सहभागिता रहेको थियो । विवेचना समसामयिक राजनीतिक–सामाजिक विमर्शमा रुचि राख्ने पाठकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।