• २६ चैत २०८१, मङ्गलबार

तिलोत्तमा नगरका कृषकलाई कृषि औजार वितरण

blog

कृषकहरुलाई कृषि औजार हस्तान्त्रण गर्दै नगरप्रमुख रामकृष्ण खाण लगायत । तस्बिर : सीता काफ्ले

सीता काफ्ले
तिनाउ (रुपन्देही), चैत २४ गते ।
तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्याक्टर, स्प्रेयर मेसिन (औषधी तथा पानी छिट्ने मेसिन), रिपर (धान, गहुँ तथा बाली काट्ने मेसिन), ब्रास कटरलगायतका कृषि औजार वितरण गरेको छ ।

कृषि उपजको उत्पादनमा वृद्धि र लागत मूल्य घटाउने उद्देश्यसहित कृषकलाई कृषि औजार वितरण गरिएको छ । नगरपालिकाले वडा नम्बर ६, ८, १४, १५ र १७ का २२ जना कृषकलाई कृषि औजार हस्तान्तरण गरिएको हो ।

परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा करिव पाँच लाखको कृषि औजार वितरण गरेको कृषि शाखाका प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो ।

औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोडदिएको नगर प्रमुख रामकृष्ण खाणको भनाइ छ । किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरण प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न नगरपालिकाले किसानलाई सहयोग गर्ने नगर प्रमुख खाणले बताउनुभयो ।

किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न पालिकाले सहयोग गर्ने नगरप्रमुख खाणले भनाइ छ । 

तिलोत्तमा वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठकले व्यवसायिक रुपमा कृषि गर्ने कृषकको माग र प्रस्तावका आधरमा औजार वितरण गरिएको बताउनुभयो । उहाँले यस पटक औजार नपाउने कृषकले आगामी दिनमा प्रस्ताव गरे पाउने र पाएकाहरुले औजारको सदुपयोग गर्नुपर्ने बताएउनुभयो ।