• २९ मङ्सिर २०८२, सोमबार

जनताकै दूत भएर काम गर्न सुरक्षा र निजामती प्रशासनसँग गृहमन्त्रीको आग्रह

blog

गृहमन्त्री ओमप्रकाश अर्याल

पोखरा, मङ्सिर २९ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले यो नागरिक स्तरबाट बनेको गैर–दलीय सरकार भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले पनि आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गरिदिन आग्रह गर्नु भएको छ।

सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन मन्तव्य दिनुहुँदै मन्त्री अर्यालले भन्नु भयो, ‘‘हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले विशेष गरी अहिलेको नव पुस्ताले चाहेको खोजेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।’’

उहाँले जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फबाट भएको कमी  कमजोरीले नै यो अवस्था सिर्जानको भएको हो भन्नुभयो । 

सुशासन कायम गर्न सकिएन र फेरि फेरि यस्तै आन्दोलन भयो भने कुनै पनि निर्वाचित दल वा शक्तिले लिएर आउने ४ वर्षे म्यान्डेट वा कुनै त्यस्ता म्यान्डेटले यो समाजमा अर्थ राख्दैन, मन्त्री अर्यालले भन्नु भयो। त्यसैले त्यस्ता म्यान्डेट बिचैमा भङ्ग हुन सक्छ भन्ने तर्फ सबैले बुझ्नु पर्छ, मन्त्री अर्यालले भन्नु भयो।  

सुशासनलाई कुनै पनि विषयमा सम्झौता गर्ने विषय नभएकाले यस्ता कुनै पनि आन्दोलनले राष्ट्रको भविष्य नै खतरामा पर्ने सक्ने तर्फ हामी सबै सजग हुने पर्ने बोध जेन जी आन्दोलनले उजागर गरिदिएको छ, मन्त्री अर्यालले भन्नु भयो। 

 ‘‘सेवा प्रभाव राम्रो भएन, भ्रष्टाचार भइरह्यो, सुशासन कायम हुन सकेन भने विद्रोहका स्वर र शक्ति जुन कुनै रूपमा प्रकट हुने रहेछ भन्ने तर्फ पनि सबैले बुझ्नु पर्ने कुरा हो’’ उहाँले बताउनु भयो।  

अब पनि यो वा त्यो बहानामा जेन जी पुस्ताको जनआन्दोलन र सडक सङ्घर्षलाई नजरअन्दाज र अवमूल्यन गर्ने हो भने पुनः त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न सकिन्न, मन्त्री अर्यालले भन्नु भयो।  यसै जन–आन्दोलनले गर्दा नै अब नव पुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने समेत उहाँले विश्वास व्यक्त गर्नु भयो।

यस्तै, गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले अबको निजामतीको अवस्था भनेको हामीले पहिलेको जस्तो ढिलासुस्तीभन्दा पनि समय र नव पुस्ताले माग गरेको रफ्तार र विश्वासमा हिड्न र सेवा दिन सके मात्रै हामी सफल र सक्षम ठहरिन्छौँ।

आजको गोष्ठीले आगामी फागुन २१ गतेको निर्वाचन भयरहित र सुरक्षित तवरले सम्पन्न गर्नतर्फ सहयोग गर्ने र थप मद्दत पुग्ने विश्वास लिनुभयो ।