• २८ चैत २०८२, शनिबार

माइक समातेको हातमा कानुन बनाउने जिम्मा

blog

राधा लुइटेल

फिदिम, चैत २८ गते । पाँचथर जिल्लाबाट प्रतिनिधि सभामा पुग्ने पहिलो महिला बन्नुभएकी भूमिका सुब्बा लिम्बू नेपाली गीतसङ्गीतमा परिचित नाम हो । विसं २०१५ देखि २०७९ सम्म सम्पन्न भएका कुनै पनि निर्वाचनबाट पाँचथरबाट महिला प्रतिनिधि सभा सदस्यमा पुगेका छैनन् । 

पाँचथरको फिदिम नगरपालिका–१ स्थायी घर भएकी भूमिकालाई नेपाल कम्युनिस्ट पार्टी एमालेले समानुपातिकमा चयन गरेको हो । 

बाल्यकालदेखि नै सांस्कृतिक क्षेत्रमा रुचि राख्ने उहाँ विद्यालय अध्ययनकालमै यस क्षेत्रमा सक्रिय हुनुहुथ्यो । जनता माध्यमिक विद्यालय गौरादहबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँले महेन्द्र मोरङ क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन पूरा गर्नुभयो । उच्च अध्ययनका लागि काठमाडाँै पुग्नुभएकी उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्र÷मानवशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ । हाल उहाँले विद्यावारिधि गरिरहनुभएको छ ।

उहाँ २०३९ सालदेखि गीत–सङ्गीतमार्फत सांस्कृतिक अभियानमा सक्रिय हुनुहुन्छ । ११ वर्षको कलिलो उमेरमा मेची सांस्कृतिक परिवारसँग आबद्ध भई नृत्यमार्फत सांस्कृतिक यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि क्रमशः गायनतर्फ अग्रसर हुनुभयो ।

प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनमा निरन्तर सक्रिय उहाँले २०४६ सालको जनआन्दोलनताका सांस्कृतिक अभियानमार्फत उल्लेखनीय योगदान दिनुभएको थियो । विभिन्न चरणमा मेची–महाकाली राष्ट्रिय सांस्कृतिक अभियानको नेतृत्वसमेत समाल्नुभएको थियो । उहाँको स्वरमा रेडियो नेपालमा रेकर्ड भएका ‘आएन दसैँ आएन तिहार,’ ‘मालिङ्गो साई साई’ लगायतका गीत लोकप्रिय छन् । २०६२–०६३ को जनआन्दोलनताका पनि उहा“ले विभिन्न जनवादी गीतमा स्वर दिनुभएको थियो । गायनस“गै उहा“ गीत लेखनमा पनि सव्रिmय हुनुहुन्छ ।

उहाँले लेखेका ‘देश जल्दा,’ ‘झुल्क्यो घाम,’ ‘मेची–कोशी–महाकाली’ लगायतका गीत लोकप्रिय छन् । नेपालका साथै भारत र हङकङसम्मका मञ्चमा सांस्कृतिक प्रस्तुति दिँदै उहाँले नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा समेत प्रवर्धन गर्नुभएको छ ।

२०४२ सालमा प्रगतिशील कलाकार मञ्चको सदस्य हुँदै सुरु भएको उहाँको राजनीतिक यात्रा अनेरास्ववियु र राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा निरन्तर रह्यो । उहाँ हाल महासङ्घको केन्दीय अध्यक्ष हुनुहुन्छ । उहा“ नेकपा एमाले कोशी प्रदेशको सदस्यसमेत हुनुहुन्छ । एमालेका नेता तथा पूर्वसांसद वसन्तकुमार नेम्वाङस“ग वैवाहिक सम्बन्धमा बा“धिनुसँगै उहाँको राजनीतिक यात्राले थप गति लियो । साङ्गीतिक तथा सांस्कृतिक आन्दोलनबाट सार्वजनिक जीवन सुरु गर्नुभएकी उहाँ अहिले नीतिनिर्माण गर्ने जिम्मेवारीमा पुग्नुभएको छ । लामो समय सामाजिक, सांस्कृतिक र सङ्गठनात्मक क्षेत्रमा आर्जित अनुभवलाई संसदीय अभ्यासमा प्रयोग गर्ने उहा“को प्रतिबद्धता छ ।