• १८ वैशाख २०८३, शुक्रबार

रोल्पा जिप दुर्घटना : सल्यानकी एक महिलाको मृत्यु

blog

सृजना बुढाथोकी

प्रतीक भट्टराई

सल्यान, वैशाख १८ गते । पूर्वी रुकुमबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा परी सल्यानकी एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सल्यानको वनगाड कुपिण्डे नगरपालिका–२, फल्तेचौर निवासी २४ वर्षीया सृजना बुढाथोकीको ज्यान गएको हो ।

पारिवारका अनुसार मृतक सृजनाका श्रीमान् केवल बुढाथोकी रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँ आजै नेपाल फर्कने तयारीमा रहेको बताइएको छ ।

दुर्घटनाका कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनापछि उद्धार तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

मृतकको शव ल्याउन वनगाड कुपिण्डे नगरपालिकाले निःशुल्क एम्बुलेन्स पठाएको जनाएको छ । नगर प्रमुख कर्णबहादुर बुढाथोकीका अनुसार शव व्यवस्थापनका लागि आवश्यक समन्वयसमेत गरिएको छ ।

घटनाप्रति स्थानीय तहका जनप्रतिनिधिले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।