शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सिराज खान
नेपालगन्ज, वैशाख १८ गते । नेपालगन्जमा सम्पन्न भएको चौथो भेट्रान कप फुटसल प्रतियोगिताको उपाधि बैंकर्स एन्ड ब्रदर्सले जितेको छ ।
नेपालगन्जको बैँकर्स एन्ड ब्रदर्सले दाङको टीम तुलसीपुरलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै बैँकर्सले ५० हजार रुपियाँ र उपविजेता तुलसीपुरले २५ हजार रुपियाँ पुरस्कार पायो ।
प्रतियोगितामा उच्च स्कोरर बैँकर्सका यदुनाथ खनाल, उत्कृष्ट खेलाडी बैँकर्सका अभिजित सिंह र उत्कृष्ट गोलकिपर तुलसीपुरका नवीन देवकोटालाई घोषित गर्दै पुरस्कार प्रदान गरिएको थियो ।
एफसी सङ्घारी नेपालगन्जले आयोजना गरेको चौथो भेट्रान कप फुटसलमा १८ टिमको सहभागिता रहेको थियो ।
यो भेट्रान कप बाँकेमा भएको अहिलेसम्मको ठुलो धनराशिको भएको आयोजकले जनाएको छ । प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीलाई मात्र सहभागी गराइएको थियो ।