शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रामकृष्ण बोहरा
बागलुङ, वैशाख १८ गते । पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु. १ ज. २०६७ नम्बरको पिकअप जिप बिहीबार राति सिसाखानीको धारापानीमा दुर्घटना भएको खर्बाङ प्रहरी चौकीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनुभएका स्थानीय पूर्णा श्रीसको कुम र धनश्याम थापाको कानमा चोट लागेको वडाध्यक्ष खड्कबहादुर पुनले जानकारी दिनुभयो ।
चालकसहित छ जना सवार जिप सडकबाट तल खसेको थियो । पुनका अनुसार, घाइते दुवै जनाको सिसाखानी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।