पुरुषोत्तम सुवेदी
नवलपरासी पश्चिम (परासी), चैत १८ गते । नवलपरासीको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीदेखि मुक्तिनाथसम्मका लागि सोमबार धार्मिक रथयात्रा प्रस्थान गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभयो । यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी र गण्डकी प्रदेशलाई संयुक्त रूपमा धार्मिक पर्यटकीय गन्तव्यलाई एक आपसमा जोड्न आवश्यक रहेको बताउनुभयो ।
त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट रथयात्रा सुरु गरिएको हो । उक्त रथयात्रा आगामी चैत्र २२ गते मुक्तिनाथ क्षेत्रसम्म पुग्ने छ । स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्प अनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्ने छ ।
नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति श्रीगजेन्द्रमोक्ष दिव्यधाम र श्रीसर्वसद्धिधिाम पञ्चकोट विकास परिषद् श्री गण्डकी महासभाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।