तानसेन, चैत १४ गते । भाषा, कला, साहित्य, सम्पदा, संस्कृति संरक्षणमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको छ । पाल्पाको विभिन्न स्थानमा बसेर भाषा, कला, सम्पदा, शिक्षा, स्वास्थ्य, पर्यटन विकासको क्षेत्रमा योगदान पुर्याउने ३५ जना व्यक्तिलाई तानसेन नगर प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा वरिष्ठ पत्रकार मेघराज शर्मा, साहित्यकारहरू मन गहिरे, बुद्धिप्रसाद शर्मा, गोपालप्रसाद पोख्रेल, छत्रराज शाक्य, राजेन्द्रगोपाल सिंह, अशोकमान सिंह, किरण चित्रकारलगायत रहनुभएको छ । प्रतिष्ठानले सम्मान गरेको उपकुलपति एवं वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले जानकारी दिनुभयो ।