बागमती प्रदेश सभा बैठक पुस १८ गतेका लागि आह्वान
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेश सभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।
नेता र कूटनीतिक नियोगका व्यक्तिलाई नभेट्न सुरक्षा अधिकारीलाई गृहको निर्देशन
सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने भएको छ ।
महान्यायाधिवक्ता पोखरेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा दुईको उम्मेदवारी
नेपाली कांग्रेस मधेश प्रदेशमा संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ ।
पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय
सत्ता साझेदार दलले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेताहरू सहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिफारिस गर्न म्याद थप
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अन्तर्घात र असहयोग गर्नेहरूमाथि कारबाहीको सिफारिस गर्न माघ १५ गतेसम्मको समय दिएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले विज्ञप्तिमार्फत पार्टीका उम्मेदवारमाथि अन्तर्घात गर्नेविरुद्ध परेका उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने समय थप गरिएको बताउनुभयो।
मुख्यमन्त्री सम्मेलन स्थगित
लुम्बिनी प्रदेश सरकारले गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
कांग्रेस रूपान्तरण अपरिहार्य : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई रूपान्तरण गर्न अपरिहार्य बनेको बताउनुभएको छ। बुधबार गोरखापत्रसँग कुरा गर्दै उहाँले पाँचदलीय गठबन्धन तोडिनुमा पार्टी नेतृत्वको जिम्मेवारी रहेकाले अब कांग्रेसमा आन्तरिक रूपान्तरण अपरिहार्य बनेको बताउनुभएको हो। राजनीतिमा सधैँ प्राप्ति मात्रै नहुने बताउँदै उहाँले त्याग गर्ने हिम्मत पनि नेता र नेतृत्वमा हुनुपर्ने बताउनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवाले थोरै दूरदर्शी निर्णय लिन सकेको भए देशले नयाँ गति लिने आधार निर्माण हुनेथियो, उहाँले भन्नुभयो।
‘राहदानी सेवा प्रवाह सहज बनाऔँ’
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको सेवा प्रवाह सहज बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका लागि उहाँ बुधबार दिउँसो गृह मन्त्रालयका उच्च अधिकारीसहित त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुग्नुभएको थियो । सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउन राहदानी विभागका उच्च अधिकारीलाई उपप्रधानमन्त्री लामिछानेले निर्देशन दिनुभएको जानकारी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दिनुभयो । राहदानी विभागले गत साउन १७ गतेदेखि अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको थियो ।
एकीकृत समाजवादीका नेताहरु राय परामर्श लिँदै
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु नयाँ परिस्थितिबारेमा राय परामर्श लिन जुट्नुभएको छ ।
यी हुन् संघीय सांसदले पाउने सेवा र सुविधा
मासिक रुपमा विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार र धारा, पानीको नाममा दुई हजार गरेर मासिक एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।
सरकारमा जाने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) न्युनतम साझा कार्यक्रममा सहमति जुटाएर सरकारमा जाने भएको छ।
सभापतिको राजीनामा मागिँदैन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन जोगाउन नसकेकै कारण पार्टी सभापतिको राजीनामा नमागिने बताउनुभएको छ ।
बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ
बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ लिनुभएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको सचिवालयमा बुधबार भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभा ज्येष्ठ सदस्य ढुङ्गानालाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री दाहाल बालुवाटार सर्नुभयो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु भएको छ ।
कांग्रेस गण्डकी प्रदेश दलको नेतामा पाण्डेय निर्वाचित
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डेय चयन हुनुभएको छ ।
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ ।
जोर्डन र गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
कांग्रेस बागमती दलको नेतामा लामा निर्वाचित
बागमती प्रदेश प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत ल्याउनुभयो ।
सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
नेपालको महान्यायाधिवक्ता पदमा डा. दिनमणि पोखरेल नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्नुभएको छ ।
आगामी रणनीति तय गर्न राप्रपा बैठक धुम्बाराहीमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक जारी छ ।
संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभएको छ ।