• २० असोज २०८१, आइतबार

कांग्रेस बागमती दलको नेतामा लामा निर्वाचित

blog

संसदीय दलको नेतामा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता लामा । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, पुस १३ गते । बागमती प्रदेश प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत ल्याउनुभयो ।

संसदीय दलको नेताको निर्वाचनका लागि आज बुधबार दिउँसो २ बजेबाट ३ बजेसम्म मतदान भएको थियो । २५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट ३७ जना प्रदेश सभा सदस्य रहेका छन् । कांग्रेस केन्द्रीय सदस्य तामाङ नुवाकोट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ (ख) बाट र कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित हुनुभएको थियो । 

कांग्रेस केन्द्रीय सदस्य लामाले पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताउनुभएको छ ।