• १६ चैत २०८२, सोमबार

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

blog

अविनाश चौधरी

धनगढी, चैत १६ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् । 

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लाबाट ५३ हजार ९७३ परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन । चैत १९ गतेबाट एसईई परीक्षा हुँदैछ ।

नियमिततर्फका ४० हजार ९७३, प्राविधिक धारका एक हजार ७७८ र ग्रेड वृद्धितर्फका ११ हजार ४८५ परीक्षार्थी परीक्षामा सहभागी हुने निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले जानकारी दिनुभयो । 

सबैभन्दा बढी कैलालीबाट १८ हजार २७८ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन् । 

यसैगरी, कञ्चनपुरका १० हजार ८९७, बैतडीका चार हजार ५२९, अछामका चार हजार ४५१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ । 

त्यस्तै, डोटीका तीन हजार ३१४, दार्चुलाका तीन हजार ५६८, बझाङका तीन हजार ४२१ परीक्षार्थीले एसईई दिने निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा कम बाजुराबाट दुई हजार ४२६ जना परीक्षार्थी एसईईमा सहभागी भइरहेका जनाइएको छ ।