• २० असोज २०८१, आइतबार

प्रधानमन्त्री दाहाल बालुवाटार सर्नुभयो

blog

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गर्नुहुँदै प्रधानमन्त्री दाहाल । तस्बिर : रासस

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु भएको छ । 

बुधबार साँझ उहाँ प्रधानमन्त्री निवासमा प्रवेश गर्नुभएको हो । यसअघि उहाँ खुमलटारमा बस्दै आउनु भएको थियो । प्रधानमन्त्री दाहाल बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको उहाँको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

उहाँ प्रधानमन्त्री निवासमा पुग्नु हुँदा सरकारी अधिकारीहरूले स्वागत गर्नुभएको थियो । त्यसअघि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाललाई प्रधानमन्त्री निवासको साँचो हस्तान्तरण गर्नुभएको थियो । 



बुधबार नै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटार छोड्नु भएको थियो । 

तस्बिर : सुजन गुरुङ