• २० असोज २०८१, आइतबार

मधेश प्रदेश : कांग्रेस संसदीय दलको नेतामा यादव निर्वाचित

blog

निर्वाचित कृष्णप्रसाद यादव । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, पुस १४ गते ।
 नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । १८ मत प्राप्त गरी यादव निर्वाचित हुनुभएको हो ।

कांग्रेसको प्रदेश कार्यालय जनकपुरधाममा बिहीबार भएको प्रदेश संसदीय दल नेताको निर्वाचनमा अर्का उम्मेदवार रामसरोज यादवले चार मत प्राप्त गर्नुभएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताउनुभयो ।

कांग्रेसको प्रदेशमा प्रत्यक्ष १३ र समानुपातिक नौ गरी २२ जना सदस्यले मतदान गर्नुभएको थियो । निर्वाचित यादव कांग्रेस मधेश प्रदेश सभापति पनि हुनुहुन्छ ।