• २५ असार २०८२, बुधबार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

blog

चाँदनी आचार्य

घोडाघोडी(कैलाली), असार २५ गते । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजार नजिकै मंगलबार राती भएको मोटरसाइकल दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डोकेबजारमा से ७ प ७०८९ र सुपप्र ०१००१०प ८४०५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा घोडाघोडी नगरपालिका वडा१२ का २३ वर्षीय नोयल कठरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । गम्भीर घाइते कठरियाको उपचारका लागि घोडाघोडी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले दुर्घटनामा ८४०५ नम्बरको मोटरसाइकलमा सवार दिपु कठरिया, अर्को मोटरसाइकल (से ७ प ७०८९) का चालक लम्कीचुहा नगरपालिका वडानम्बर ४ का २५ वर्षीय उदय भाट, पछाडि सवार गौरव भाटपनि दुर्घटनामा घाइते भएको बताउनुभयो । उहाँहरूको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।