• २० असोज २०८१, आइतबार

बागमती प्रदेश सभा बैठक पुस १८ गतेका लागि आह्वान

blog

काठमाडौं, पुस १४ गते। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेश सभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद्को परामर्शमा प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्नुभए अनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेश सभाको बैठक पुस १८ गतेलाई आह्वान गर्नुभएको हो । 

बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिनुभयो ।