• २० असोज २०८१, आइतबार

आगामी रणनीति तय गर्न राप्रपा बैठक धुम्बाराहीमा

blog

काठमाडौं, पुस १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक जारी छ ।

 पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठक केही बेर अघि सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको अवस्थामा पार्टीको आगामी रणनीति तय गर्नेबारे छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री कुन्ती शाहीलगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी हुनुहुन्छ ।