• २० असोज २०८१, आइतबार

सिफारिस गर्न म्याद थप

blog

ललितपुर, पुस १४ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अन्तर्घात र असहयोग गर्नेहरूमाथि कारबाहीको सिफारिस गर्न माघ १५ गतेसम्मको समय दिएको छ।  कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले विज्ञप्तिमार्फत पार्टीका उम्मेदवारमाथि अन्तर्घात गर्नेविरुद्ध परेका उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने समय थप गरिएको बताउनुभयो। 

प्रदेश एवं जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित पुस १५ गतेभित्र पठाउन कांग्रेसले निर्देशन दिएको थियो। उहाँले भन्नुभयो, “सो म्याद थप गर्नुपर्ने भनी सिफारिस प्राप्त हुन आएकाले उक्त समयावधि माघ १५ गतेसम्मका लागि बढाइएको छ।”