नयाँदिल्ली, असार २५ गते । दक्षिण पश्चिम जिल्ला प्रहरीको सुरक्षा अभियानका क्रममा दिल्लीमा अवैध रूपमा बसोबास गरेको आरोपमा एक महिला ४० दिनको शिशुसहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको प्रहरीले बुधबार जनाएको छ ।
अधिकारीहरूका अनुसार उक्त समूहलाई फरक फरक स्थानबाट पक्राउ गरिएको थियो । सबै आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेपछि एफआरआरओ, दिल्लीसँग समन्वय गरी निर्वासन प्रक्रिया सुरु गरिएको छ । पक्राउ परेका व्यक्तिहरू उकील अमिन, अब्दुल रहिम मोहम्मद जाकिर रहेका छन् उनीहरु शेखादी डोनिया, यात्राबाड़ी र ढाकाका बासिन्दा हुन् ।
अवैध आप्रवासन रोक्न र दक्षिण पश्चिम जिल्लाको क्षेत्राधिकारमा गैरकानुनी रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूको निगरानी गर्न, एक टोली नियुक्त गरिएको छ । टोलीलाई सतर्कता गस्ती, प्रभावकारी सतर्कता सुनिश्चित गर्ने र अवैध गतिविधिविरुद्ध सक्रिय उपायहरूको बारेमा जानकारी दिइएको थियो । दिल्लीको क्यान्ट क्षेत्रमा केही अवैध बङ्गलादेशी आप्रवासीहरू घुम्दै गरेको गोप्य सूचना प्राप्त भएको मङ्गलबार प्रहरीलाई जानकारी भएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा कर्मचारीहरूले सन्दिग्ध व्यक्तिहरूसँग उनीहरूको कागजात मागे, र सोधपुछ गरेपछि ती व्यक्तिहरू वैध कागजातहरू पेश गर्न नसकेका र सन् २०२३ मा अवैध माध्यमबाट भारत प्रवेश गरेका अवैध बङ्गलादेशी आप्रवासी भएको स्वीकार गरेका थिए ।
हालै उनीहरूलाई इँटा भट्टीका मालिकले कामबाट हटाएका थिए । यसका कारण उनीहरू श्रमको खोजीमा रेलबाट दिल्ली आएका थिए । उनीहरूसँग बङ्गलादेशको राष्ट्रिय परिचयपत्र जस्ता बङ्गलादेशी कागजातहरूको छायाँप्रति मात्र भएको प्रहरीले बताएको छ । रासस/एएनआई