• २० असोज २०८१, आइतबार

कांग्रेस रूपान्तरण अपरिहार्य : पौडेल

blog

काठमाडौँ, पुस १४ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई रूपान्तरण गर्न अपरिहार्य बनेको बताउनुभएको छ। बुधबार गोरखापत्रसँग कुरा गर्दै उहाँले पाँचदलीय गठबन्धन तोडिनुमा पार्टी नेतृत्वको जिम्मेवारी रहेकाले अब कांग्रेसमा आन्तरिक रूपान्तरण अपरिहार्य बनेको बताउनुभएको हो। 

राजनीतिमा सधैँ प्राप्ति मात्रै नहुने बताउँदै उहाँले त्याग गर्ने हिम्मत पनि नेता र नेतृत्वमा हुनुपर्ने बताउनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवाले थोरै दूरदर्शी निर्णय लिन सकेको भए देशले नयाँ गति लिने आधार निर्माण हुनेथियो, उहाँले भन्नुभयो।

नेता पौडेलले भन्नुभयो, “मेरो चिन्ता सत्ता र शक्तिको होइन, संविधान र लोकतन्त्रको हो। कांग्रेसको नेतृत्वमा संविधान र लोकतन्त्रलाई सुदृढ गरेर देशलाई समुन्नतिको बाटोमा लाने राम्रो अवसर हामीले पाँच वर्षलाई गुमाउनुप¥यो। चिन्ता त्यसमा हो।”

वामपन्थी शक्तिहरूलाई विश्वासमा लिएर अघि बढ्न सकेको भए आर्थिक विकास र समुन्नतिका लागि कांग्रेसले बनाएको मार्गचित्र कार्यान्वयन गर्न र देशलाई नवीन रूपान्तरणको दिशामा लान सजिलै सकिन्थ्यो भन्दै उहाँले भन्नुभयो, “अनेक सम्भावनाहरू थिए, घोषणापत्रअनुसार काम गर्ने अवसरबाट हामी विमुख भएका छौँ, त्यसैले यो विषयमा समीक्षा गरेर गम्भीर ढङ्गले अघि बढ्नुपर्छ। यस्ता कमजोरी दोहोरिनुहुँदैन।”