दुई पार्टी सरकारबाहिर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन्। सरकार गठनमा सहयोग गरेका यी दुवै दलले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाहिर रहेर समर्थन गर्ने घोषणा गरेका हुन्। जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने भन्नेमा अझैसम्म निर्णय गरेको छैन।
अर्थतन्त्र सुधार र सुशासनमा जोड हुन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको अर्थतन्त्र सुधार गर्ने र सुशासन कायम गर्नेमा जोड दिइने बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालद्वारा सिंहदरबारमा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदभार ग्रहण गर्नुभएको छ ।
नयाँ मन्त्रीहरुको शपथदेखि पदभार ग्रहणसम्म (फोटोफिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार मुलुकको ४४ औं प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । सो लगत्तै तीन जना उपप्रधानमन्त्री तथा चार जना विना विभागीय मन्त्रीहरुले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्नुभयो । शपथ ग्रहणसँगै आज पहिलो दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।
निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी बनाइन्छ : गृहमन्त्री लामिछाने
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी रूपमा अघि बढाएर दोषीलाई कारबाही गर्न पहल लिने निर्णय गर्नुभएको छ ।
सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि पार्टीको शक्ति नगुमेको प्रतिक्रिया दिनुभएको छ ।
महान्यायाधिवक्ता खातीद्वारा राजीनामा
सरकारका कानुनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको छ ।
गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण
नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेले पदभार गर्नुभएको हो ।
कर्णालीका नवनिर्वाचित सांसदहरूद्वारा शपथ ग्रहण
कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्दै
नवगठित मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने जानकारी दिनुभयो ।
देउवाद्वारा सत्ता हस्तान्तरण : बधाइ दिएर बाहिरिनुभयो
नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्नुभएको छ ।
आठ सदस्यीय मन्त्रिपरिषद् गठन, राष्ट्रपतिसमक्ष शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको पद तथा गोपनीयताको शपथ कार्यक्रम (प्रत्यक्ष प्रसारण)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।
उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाँदै
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुनेभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार सत्ता साझेदार दलहरुसँग मन्त्रालय बाँडफाँट सम्बन्धमा छलफलपछि नेता पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको हो ।
जाँदाजाँदै सञ्चारमन्त्रीले भन्नुभयो : नेपाललाई आइटी हब बनाउनुपर्छ
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताउनुभएको छ ।
निवर्तमान श्रममन्त्रीको दाबी : सेवा प्रवाहमा पारदर्शिता र सुशासनमा फड्को
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफूले छोटो समयमा श्रमजीवी वर्गका पक्षमा काम गरेको दाबी गर्नुभएको छ ।
मधेश प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १५ गते
मधेश प्रदेश सभामा निर्वाचित हुनुभएका प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १५ गते हुनेभएको छ । प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जितकुमार यादवले सोमबार बोलाउनुभएको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ बजे प्रदेश सभामा शपथ ग्रहण गराउने निर्णय गरेको हो ।
मन्त्री टुङ्गो लगाउने जिम्मा नवनियुक्त प्रधानमन्त्री दाहाललाई
सत्ता साझेदार दलको बैठकले मन्त्री बाँडफाँट जिम्मा नवनियुक्त प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई गुरुङ समुदायको बधाइ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा गुरुङ समुदायले बधाइ दिएका छन् ।
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाइ
नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।
सत्ता साझेदार दलको बैठक
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेका सात दलको बैठक सुरु भएको छ ।
राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ ग्रहणको भव्य तयारी
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।