• १९ वैशाख २०८१, बुधबार

नयाँ मन्त्रीहरुको शपथदेखि पदभार ग्रहणसम्म (फोटोफिचर)

blog

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाइ दिनुहुँदै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः कविन अधिकारी

काठमाडौं, पुस ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार मुलुकको ४४ औं प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । सो लगत्तै तीन जना उपप्रधानमन्त्री तथा चार जना विना विभागीय मन्त्रीहरुले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्नुभयो । शपथ ग्रहणसँगै आज पहिलो दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । 

नयाँ गठित मन्त्रिपरिषदमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाई; कानुन, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपंक्षी विकास; खानेपानी; परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा; वन तथा वातावरण;  शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या ।

त्यस्तै, विष्णुप्रसाद पौडेल– उपप्रधानमन्त्री अर्थ, नारायणकाजी श्रेष्ठ– उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात, रबि लामिछाने– उपप्रधानमन्त्री गृह, ज्वालाकुमारी साह– मन्त्री कार्यभार पछि तोकिने, दामोदर भण्डारी– मन्त्री कार्यभार पछि तोकिने, राजेन्द्रकुमार राई–मन्त्री कार्यभार पछि तोकिने, अब्दुल खान– मन्त्री कार्यभार पछि तोकिने ।

तस्बिर : सुजन गुरुङ/कविन अधिकारी