सुशासन र सुरक्षाको प्रत्याभूति गराउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ।
‘समुन्नतिका लागि राष्ट्रिय एकता’
वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएका जननायक बीपी कोइरालाले भन्नुभएको थियो, “राष्ट्रिय सङ्कटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम ‘राष्ट्र रहेन भने हामी रहन्नौँ’ भन्ने भावनाले प्रेरित हुनुपर्छ।”
जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्रीलाई श्रीलङ्काका राष्ट्रपतिको बधाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ।
प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ति : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्वीकार गरेर कांग्रेसले गल्ति गरेको बताउनुभएको छ ।
देशमा राष्ट्रिय सहमतिको आवश्यक : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको बताउनुभएको छ । व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमू ल्होसारको अवसरमा आयोजित सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको शुक्रबार उद्घाटन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाइ पत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाइ दिनुभएको छ ।
मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुद्वारा शपथ ग्रहण
मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले शुक्रबार प्रदेशसभामा शपथ लिनुभएको छ । प्रदेशसभा सचिवालय मधेश प्रदेशले प्रदेशसभाको हलमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोबिन्दबहादुर न्यौपानेले उहाँहरुलाई शपथ ग्रहण गराउनु भयो ।
एकीकृत समाजवादी दलको नेतामा सोडारी
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन हुुनुभएको छ । ज्येष्ठ सदस्य प्रकाशबहादुर रावलको अध्यक्षता तथा पार्र्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते आह्वान गर्नु भएको हो।
सुदूरपश्चिमका प्रदेश सभा सदस्यको शपथ ग्रहण (फोटो फिचर)
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।
तमू समुदायको गौरवशाली परम्परालाई उच्च सम्मान गर्छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीकाे बधाइपत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित
प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । उहाँ कुल १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गर्नुभएको छ ।
प्रम प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सरकार विस्तार गर्ने विषयमा छलफल
धानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
न्याय प्रशासन कामुकै भरमा
करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ। कायममुकायमले अदालतको नेतृत्व लिइरहेका छन्। जबरापछि तत्कालीन वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र अहिले न्यायाधीश हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी पाउनुभएको छ। निर्वाचन सम्पन्न भए पनि प्रधानन्यायाधीशको सिफारिस, संसद् अधिवेशनको प्रारम्भ, नियमावलीको तर्जुमा, सुनुवाइ समिति गठनलगायतका प्रक्रिया पूरा नहुँदासम्म सर्वोच्चले प्रधानन्यायाधीश पाउने अवस्था छैन। सर्वोच्च अदालत मात्र होइन, मातहतका उच्च अदालत पनि कायम मुकायमकै भरमा छन्। सात उच्च अदालतमध्ये छ उच्च अदालतमा
‘आपसी सद्भावको पर्व ल्होसार’
राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ ।”
सामाजिक एकताको प्रतीक : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा तमु दिदीबहिनी तथा दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु र दुरा समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ, “तमु र दुरा समुदायमा मनाउने ल्होसार पर्व नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित छ ।”
प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं, पुस १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा दाहाललाई बधाई दिनुभएको थियो। द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस
बागमती प्रदेश सभाका सदस्यहरूद्वारा शपथ ग्रहण
बागमती प्रदेश सभाका सदस्यहरूलाई बिहीबार शपथ ग्रहण गराइएको छ । प्रदेश सभा सदस्यहरूको शपथ हेटौँडा उपमहानगरपालिका –१० स्थित प्रदेश सभाको सभा हलमा भएको कार्यक्रममा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ ग्रहण गराउनुभयो ।
मधेश प्रदेश सभा : ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ ग्रहण
मधेश प्रदेश सभा सदस्यमध्ये ज्येष्ठ सदस्यले बिहीबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच ज्येष्ठ प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपानेलाई शपथ ग्रहण गराउनुभएको हो ।
प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन
प्रभु साहले आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्नुभएको छ । रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र निर्वाचित साहले आफ्नो नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको हो ।
गण्डकी प्रदेशका सांसदले लिए शपथ
गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदलाई बिहीबार गण्डकी प्रदेशको सभामा शपथ खुवाउनुभएको हो।