• २० असोज २०८१, आइतबार

बागमती प्रदेश सभाका सदस्यहरूद्वारा शपथ ग्रहण

blog

बागमती प्रदेशका प्रदेश सभा सदस्यहरु प्रदेश सभा हलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गर्दै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल 

हेटौंडा, पुस १४ गते । बागमती प्रदेश सभाका सदस्यहरूलाई बिहीबार शपथ ग्रहण गराइएको छ । प्रदेश सभा सदस्यहरूको शपथ हेटौँडा उपमहानगरपालिका –१० स्थित प्रदेश सभाको सभा हलमा भएको कार्यक्रममा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ ग्रहण गराउनुभयो । 

प्रदेश सभामा तीन जनाले तामाङ, १२ जनाले नेवारी र ९४ जनाले नेपाली भाषामा शपथ लिनुभयो । प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक वा त्यसको कुनै समितिमा भाग लिनु प्रदेश कानुनअनुसार शपथ लिनुपर्ने संविधानमा व्यवस्था छ ।  

शपथ ग्रहण पूर्व प्रदेश सभा सचिवालयका सचिव हरिकृष्ण खड्काले प्रदेश सभा सदस्यको स्वागतसहित प्रदेश सभाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा अधिकांश प्रदेश सभाका सदस्यहरू राष्ट्रिय पोसाक र कतिपय प्रदेश सभामा सदस्यहरू आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सहभागी हुनुभएको थियो ।

शपथ ग्रहण कार्यक्रममा प्रदेश सभामा पूर्व मुख्यमन्त्रीहरू डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ, निवर्तमान उपसभामुख राधिका तामाङलगायत पूर्व मन्त्रीहरूको उपस्थिति थियो ।