सचिवद्वय राया र घिमिरेले सम्हाल्नुभयो कार्यभार
अर्थसचिव तोयम राया र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले आज (शुक्रबार)बाट अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।
संसद्को पहिलो बैठकको तयारीका लागि सर्वदलीय छलफल जारी
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको हो ।
विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।
सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ : प्रधानमन्त्री
प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि विषयहरू तय गर्न आज शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो ।
छ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु
मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेल ढाका प्रस्थान
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गर्नुभएको छ । बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा पार्टीको तर्फबाट भाग लिन आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
राहदानीको समस्या समाधान गर्न सफ्टवेयर कम्पनीले पठायो विशेषज्ञ टोली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आईडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।
जिफन्टले आगामी चार वर्षमा २० लाख श्रमिक एकीकृत गर्ने
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले आगामी चार वर्षमा २० लाख श्रमिकलाई संस्थामा आवद्ध गराउने बताउनुभएको छ । त्यसको अभियान सुरु भइसकेकाले हरेक पालिका र वडाबाट श्रमिकको सूची लिने अभियान सुरु गर्न लागेको उहाँले बताउनुभयो ।
बागमतीमा प्रमुख चार दलको मुख्यमन्त्रीमा दाबी
बागमती प्रदेशका प्रदेश प्रमुखबाट सरकार गठनका लागि आव्हान भएसँगै सरकार निर्माणका लागि सांसद संख्याको जोड घटाउ सुरुभएको छ । प्रदेश सभामा रहेका दलहरुले आफ्नो नेतृत्वमा सरकार गठनको तयारीलाई तीव्र बनाएका छन् ।
‘आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य काम’
सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ। देशको आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य काम भएको भनाइ नेताहरूको छ।
एकीकृत समाजवादीले बनायो वाम एकता कार्यदल
नेकपा (एकीकृत समाजवादी)ले वाम एकता कार्यदल गठन गरेको छ। पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको हो।
सरकारले जनतालाई सम्मान गर्दै साझा प्रतिबद्धता ल्याउँछ : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनमतलाई सम्मान गर्दै सरकारको साझा प्रतिबद्धता सार्वजनिक हुने बताउनुभएको छ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बङ्गलादेश प्रस्थान
बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।
न्यूनतम साझा कार्यक्रमलाई सरकारले भोलि अन्तिम रुप दिन्छ : अर्थमन्त्री पौडेल
सत्ता साझेदार दलबीच न्यूनत साझा कार्यक्रम तय गर्न गठन भएको कार्यदलको बैठक शुक्रबार बिहान बस्ने भएको छ।
यस्तो छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते मङ्गलबार विश्वासको मत लिँदै हुनुहुन्छ ।
सात दिनभित्र लुम्बिनीमा सरकार गठन गर्न आह्वान
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
नेतृत्व गर्न विद्यार्थी नेताहरू उत्साहित
स्ववियु निर्वाचनको मिति फागुन १४ गते भए पनि यो पटक परीक्षा एवम् फागुपूर्णिमा, नारी दिवसका कारण छ दिनसम्म निरन्तर सार्वजनिक बिदा परेका कारण फागुन २८ गतेका लागि जोड गरेका हुन् ।
बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने
सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ ।
राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो
‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ। सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ।
बागमती प्रदेशको सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते
बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ।
बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेकाे छ । बुधबार अपराह्न साढे ४ बजेबाट सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।