महराको संयोजकत्वमा वाम एकताका लागि माओवादीले बनायो पाँच सदस्यीय कार्यदल
नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
‘थारु समुदायको साझा मुद्दा सदनमा उठाउँछौँ’
थारु समुदायबाट प्रतिनिधित्व गर्नु हुने सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आफ्नो समुदायको साझा मुद्दा प्रदेश सदनमा उठाउने प्रतिबद्धता जनाउनु भएको छ।
बाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउनुभएको छ।
प्रतिनिधि सभाको पहिलो बैठकको तयारी गर्न सांसदलाई कांग्रेसको निर्देशन
नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदलाई निर्देशन दिएको छ।
तस्बिरमा एमाले प्रतिनिधि सभा सदस्यको अभिमुखीकरण कार्यक्रम
नेकपा(ऐमाले) का प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।
जीवनस्तरमा परिवर्तन ल्याउनु सरकारको मुख्य प्राथमिकता छ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको आर्थिक र सामाजिक जीवनस्तरमा परिवर्तन ल्याउनु अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।
कांग्रेस संसदीय दलको बैठक सुरु
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवम् पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो ।
संसदीय गतिविधिलाई प्राथमिकता दिन अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कामलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
नेकां संसदीय दलको बैठक आज बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दै छ । प्रतिनिधि सभाको अधिवेशन सुरु हुनुअघि संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
अनलाइनबाटै ‘एनओसी’ उपलब्ध हुने
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ। विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ। अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर पत्र लिन भने भक्तपुरस्थित वैदेशिक अध्ययन अनुमति शाखामा आफैँ उपस्थित हुनुपर्छ।
माघ ७ मा सभामुख निर्वाचन
प्रतिनिधि सभाको बैठक सञ्चालन हालकै मौजुदा नियमावलीका आधारमा हुने भएको छ। नयाँ नियमावली तर्जुमा वा संशोधन प्रक्रिया पूरा नभएसम्म प्रतिनिधि सभा नियमावली २०७५ अनुसार नै बैठक सञ्चालन हुने सर्वदलीय सहमति भएको हो। नियमावली संशोधनको निक्र्योल गर्न अधिवेशनको पहिलो बैठकबाटै समिति बनाउने तयारी पनि दलहरूबीच भएको छ।
आर्थिक समृद्धि र विकासमा जोड
सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष मस्यौदा प्रस्ताव बुझाउँदै छ। नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको शुक्रबार बसेको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको हो।
सरकारलाई समर्थन गर्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भेट गर्नुभएको छ। प्रधानमन्त्रीको निम्तापछि खतिवडाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेट गर्नुभएको हो। प्रधानमन्त्रीसँग वर्तमान समसामयिक राजनीतिक विषयमा कुराकानी भएको खतिवडाले बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रहसमेत गर्नुभएको थियो।
आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।
सभापति देउवाद्वारा पार्टीको आन्तरिक विषयमा नेताहरुसँग छलफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीसहित नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको छ । पार्टीको आन्तरिक कामकाजलाई चुस्त बनाउन तथा पार्टीले चाल्नुपर्ने आगामी कदम प्रभावकारी बनाउने विषयमा उहाँहरुबीच छलफल भएको हो ।
गृहमन्त्री लामिछानेको मुद्दामा अन्तरिम आदेश अस्वीकार
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु मानसिब नदेखिएको बताएको छ ।
संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ ।
सरकारलाई मत दिनेबारे विश्लेषणपछि मात्रै निर्णय लिन्छौं : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार कुन ढङ्गले अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताउनुभएको छ।
अधिकार नदिइएको स्थानीय तहका उपप्रमुखको गुनासो
स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आफूहरुलाई अधिकार सम्पन्न नबनाइएको भन्दै गुनासो गर्नुभएको छ।
प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने
प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ।
उपप्रधान एवम् यातायातमन्त्री श्रेष्ठसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष तहमा पेश हुने
सरकारको न्यूनत साझा कार्यक्रम तय गर्न बनेको कार्यदलले निर्माण गरेको मस्यौदा शीर्ष नेता समक्ष पेश हुने भएको छ।
मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसरा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।