स्थिरता र सुशासनको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा आफूले काम गर्ने बताउनुभएको छ ।
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णयप्रति महासङ्घको आपत्ति
नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) ले सरकारले पुस २७ गते पृथ्वीजयन्तीको दिन सार्वजनिक विदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सत्ता साझेदार दलको न्युनतम साझा कार्यक्रममा पुष २७ गते पर्ने पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिने उल्लेख भएकोप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान प्रदेशसभाका सभामुख सरोजकुमार यादव निर्वाचित हुनुभएको छ ।
मन्त्री रावलद्वारा कार्यकालको प्रगति विवरण सार्वजनिक
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करिब नौ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जिम्मेवारी सम्हालेको अवधिको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।
‘साझा न्यूनतम कार्यक्रम देशको समृद्धिका लागि हो’
। नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले सत्ता साझेदार दलबाट तयार गरी स्वीकृत भएको साझा न्यूनतम साझा कार्यक्रम सरकारले कार्यान्वयन गरी देशलाई अग्रगमन तथा समृद्धिमा लग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
६० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क औषधि उपलब्ध हुने (पूर्णपाठसहित)
सरकारले ६० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क औषधि उपलब्ध हुने गराउने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई आज सार्वजनिक गर्नुहुँदै सरकारले यस्तो नीति ल्याएको जानकारी दिनुभयो ।
वर्तमान सरकारको स्थिरता चुनौतीको विषय: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताउनुभएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)
नयाँ सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक भइरहेको छ ।
सङ्घीय संसदबाट शोक प्रस्ताव पारित
प्रतिनिधि सभा बैठकले तीन जना सांसदप्रति शोक प्रस्ताव पारित गरेको छ । आज सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले सो शोक प्रस्ताव पारित गरेको हो ।
मुख्यमन्त्री कार्कीद्वारा शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो ।
विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्छ : सांसद सुवाल
प्रतिनिधि सभा सांसद प्रेम सुवालले विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।
मन्त्री र सांसद उत्पादन गर्ने कारखाना भयो ‘सङ्घीयता’ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना साबित भएको बताउनुभएको छ ।
जसपाका विभिन्न सङ्गठनमा तोकियो जिम्मेवारी
जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्गठन विभागले पार्टी समितिमा आबद्ध सदस्यहरू, जनसङ्गठन र क्रियाशील सदस्यहरूको अभिलेख माग गरेको छ ।
टीकापुर घटनाका निर्दोषहरूलाई रिहाइ गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा सरकारले थारुमाथि अन्याय गरेकाले न्याय गर्न माग गर्नुभएको छ ।
जसपा मधेश प्रदेशको संसदीय दलमा सरोज यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित हुनुभएको छ ।
समृद्धिको बाटोमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मूल अन्तर्यलाई समातेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ ।
गणतान्त्रिक व्यवस्थाप्रति मधेसी समुदाय प्रतिबद्ध : नेता राउत
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले गणतान्त्रिक व्यवस्थामा मधेसवादी जनता र राजनीतिक शक्तिको उच्च विश्वास र सम्मान रहेको बताउनुभएको छ ।
कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते
कर्णाली प्रदेश सभाको सभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालका लागि सभामुखको निर्वाचन माघ १ गते दिउँसो १:०० बजे तोकिएको हो ।
बागमती प्रदेश मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशका मुख्यमन्त्रीमा निर्वाचित हुनुभएकाे छ ।
राष्ट्रिय एकताको मुद्दामा राप्रपा दृढतापूर्वक उभिनेछ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियता, राष्ट्रिय एकता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढतापूर्वक उभिने बताउनुभएको छ ।
संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : नेता यादव
जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहायप्रसाद यादवले सङ्घीयता, समावेशी लोकतन्त्र, गणतन्त्र र समावेशीलाई संस्थागत गरेर कार्यान्वयन गर्नु अहिलेको संसद्को जिम्मेवारी भएको बताउनुभएको छ ।
जनताको विश्वासलाई खेर जान दिँदैनौँ : गृहमन्त्री लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताउनुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको सुदृढीकरण हुनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व संसदीय दलका नेता शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यक रहेको बताउनुभएको छ ।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य चयन
प्रतिनिधि सभा बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ ।