• २० असोज २०८१, आइतबार

गण्डकी प्रदेशका सांसदले लिए शपथ

blog

शपथ ग्रहण समारोहमा सहभागी गण्डकी प्रदेश सभा सदस्य । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, पुस १४ गते। गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदलाई बिहीबार गण्डकी प्रदेशको सभामा शपथ खुवाउनुभएको हो। 

बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। ६९ जना रहेका सांसद मध्ये ५६ जना सांसदले नेपाली र तीन जना सांसदले मातृ भाषामा शपथ लिनुभएको छ। 

जसमा राप्रपाका पञ्चमान गुरुङ, कांग्रेसकी सरस्वती गुरुङ र पार्वती तामाङले मातृ भाषामा शपथ लिनुभएको छ। शपथ ग्रहणपछि सांसदले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लिनुभएको थियो। 

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्। जसमा चार जना मात्रै पुराना सांसद मात्र दोहोरिनुभएको छ। दोहोरिनेमा कांग्रेसबाट बिन्दुकुमार थापा, एमालेबाट रोशन गाहामगर, माओवादीबाट  हरिबहादुर चुमान र विगतमा स्वतन्त्रबाट निर्वाचित भएर अहिले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ।