• २० असोज २०८१, आइतबार

सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री

blog

काठमाडौँ, पुस १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु र दुरा समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ, “तमु र दुरा समुदायमा मनाउने ल्होसार पर्व नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित छ ।” 

तमु ल्होसारले समस्त नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको छ । तमु ल्होसारका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिका लागि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच पारस्परिक  सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन पे्ररणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”