• २० असोज २०८१, आइतबार

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुँदै संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसन । तस्बिर : अमेरिकी राजदूतको ट्वीटरबाट

 काठमाडौं, पुस १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। 

सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा दाहाललाई बधाई दिनुभएको थियो। द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस