• २० असोज २०८१, आइतबार

प्रम प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सरकार विस्तार गर्ने विषयमा छलफल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस १५ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको छ ।

प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।   

सात दलको समर्थनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि उहाँहरुबीच निरन्तर छलफल हुँदै आएको छ । हिजो बिहीबार खुमलटारमा उहाँहरुबीच भएको वार्तामा शक्ति बाँडफाँट एवम् सरकार सञ्चालन सम्बन्धमा लामो समय छलफल भएको थियो ।

त्यसपछि सत्ता साझेदार दलका मुख्य नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिमण्डल गठन भइसकेको छ ।