• २० असोज २०८१, आइतबार

प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

blog

पार्टी घोषणा कार्यक्रममा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत ।

काठमाडौं, पुस १४ गते । प्रभु साहले आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्नुभएको छ । रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र निर्वाचित साहले आफ्नो नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको हो ।  

बिहीबार काठमाडौंको एक होटलमा भएको भेलाले साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । साहले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज पनि तोक्नुभएको छ ।

प्रदेश १ मा अध्यक्ष हरिप्रदास पोखरेल र इन्चार्ज रामप्रित राम, मधेश प्रदेशमा अध्यक्ष श्रीचन मखिया र इन्चार्ज उपेन्द्र साह, बागमती प्रदेशमा अध्यक्ष नाम्गेल मोक्तान र इन्चार्ज बद्रीप्रसाद न्यौपाने, गण्डकी प्रदेशमा अध्यक्ष राजन यादव ‘मनोज र इन्चार्ज बद्रीप्रसाद न्यौपाने, लुम्बिनी प्रदेशमा अध्यक्ष परमान्द बर्मा र इन्चार्ज रिता देवी यादव, कर्णाली प्रदेशमा अध्यक्ष सियाराम कुश्वाहा र इन्चार्ज उपेन्द्र साह र सुदूरपश्चिम प्रदेशमा अध्यक्ष केशव राय चौधरी र इन्चार्ज कुन्दन कुश्वाहा हुनुहुन्छ ।