• ८ कात्तिक २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाइ पत्र

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्रीको बधाई पत्र दिनुहुँदै नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ जिन । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय ।

काठमाडौं, पुस १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाइ दिनुभएको छ ।

चिनियाँ प्रधानमन्त्री लीले शुक्रबार नेपालस्थित चिनियाँ दूतावासमार्फत् प्रधानमन्त्री प्रचण्डलाई बधाइ पत्र पठाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ जिनले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत जिनले चिनियाँ प्रधानमन्त्री खछ्याङले पठाउनुभएको बधाइ पत्र हस्तान्तरण गर्नुभएको हो ।

यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाइ पत्र हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस