• २० असोज २०८१, आइतबार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

blog

काठमाडौं, पुस १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ ।

जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूची तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो । 

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । चुनावी समीक्षा, विधान अधिवेशन, सङ्गठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुनेछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिनुभयो ।