• २० असोज २०८१, आइतबार

सरकारमा जाने राप्रपाको निर्णय

blog

राप्रपा केन्द्रीय कमिटी बैठक ।

काठमाडौं, पुस १३ गते। राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) न्युनतम साझा कार्यक्रममा सहमति जुटाएर सरकारमा जाने भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको गरेको हो।

सरकारलाई समर्थन गरेका राजनीतिक दलबीच सो सहमति गर्ने राप्रपाले जनाएको छ। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि राप्रपाले सरकारमा जाने विषयमा निर्णय गरेको थिएन।