• २० असोज २०८१, आइतबार

कांग्रेस गण्डकी प्रदेश दलको नेतामा पाण्डेय निर्वाचित

blog

रमेश पौडेल

पोखरा, पुस १३ गते । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डेय चयन हुनुभएको छ । केहीबेर अघि सम्पन्न मतगणनामा सुरेन्द्रराज पाण्डेय १८ मतसहित विजयी हुनुभएको निर्वाचन समिति संयोजक विष्णु लामिछानेले जानकारी दिनुभयो ।

संसदीय दलको नेतामा सहमति हुन नसकेपछि पाण्डेय र भोजराज अर्यालबीच प्रतिस्पर्धा भएको थियो । उहाँका प्रतिस्पर्धी अर्यालले ८ मत ल्याउनुभयो । १ मत बदर भएको छ । गण्डकी प्रदेशमा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ सहित २७ सांसद रहेका छन् । सबै सांसदले मतदान गरेका थिए ।