• २० असोज २०८१, आइतबार

मुख्यमन्त्री सम्मेलन स्थगित

blog

दिवाकर पोख्रेल

देउखुरी, पुस १४ गते । लुम्बिनी प्रदेश सरकारले गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारका पाँच बर्से कार्यकालको समीक्षा र अनुभव साटासाट गर्ने उदेश्यका साथ सम्मेलन आयोजना गरिएको भए पनि बदलिँदो राजनीतिक घटनाक्रमका कारण पनि सम्मेलन स्थगित भएको बताइएको छ ।