• २० असोज २०८१, आइतबार

पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय

blog

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस १४ गते । सत्ता साझेदार दलले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तय गर्ने, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ । हरेक राजनीति दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूलाई अघि बढाउने निर्णय भयो । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भयो । मन्त्रिमण्डल विस्तार गर्दा योग्यताको आधारमा विस्तार गर्ने भन्ने विषयमा छलफल भयो ।’’

उहाँले बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा पनि छलफल भएको जानकारी दिनु्भयो । आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले सरकार केका लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम बनाइन लागेको बताउनुभयो ।

यो पनि पढ्नुहोस

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु