• २० असोज २०८१, आइतबार

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा दुईको उम्मेदवारी

blog

कृष्णप्रसाद यादव र रामसरोज यादव । तस्बिर: धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, पुस १४ गते ।
नेपाली कांग्रेस मधेश प्रदेशमा संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसको प्रदेश कार्यालय जनकपुरधाममा बिहीबार हुने प्रदेश संसदीय दलको नेताको निर्वाचनका लागि प्रदेश सभापति कृष्णप्रसाद यादव र सरोज यादवले उमेदवारी दर्ता गराउनुभएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताउनुभयो ।

कांग्रेस मधेश प्रदेशमा संसदीय दलको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ । कांग्रेसको प्रदेशमा प्रत्यक्ष १३ र समानुपातिक नौ गरी २२ जना सांसद छन् ।