• २० असोज २०८१, आइतबार

जोर्डन र गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त

blog

राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर

काठमाडौं, पुस १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आर्चायले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम लम्साललाई जोर्डन अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।

यसैगरी, अष्ट्रिया, संयुक्त राष्ट्रसंघ कार्यालय भियानाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।