चिटिक्क परेको ऐतिहासिक इस्माकोत दरवार
वि.सं. १५५० सालमा स्थापना भएको तत्कालीन चौबिसी इस्मा राज्यको ऐतिहासिक इस्माकोत दरवार । जसलाई अहिले पुनरनिर्माण गरिएको छ । तस्बिरः टोपलाल अर्याल
बिर्तामोडमा विज्ञान प्रदर्शनी सुरु, पूर्व राष्ट्रपतिद्वारा उद्घाटन
पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न वर्तमान समयमा आएको विज्ञान तथा प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पूर्व राज्यमन्त्री चौधरीको स्मृतिमा मनाइयो दिवस
नेकपा (एमाले) दाङले पूर्व स्थानीय विकास राज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ ।
मजदुर सञ्चित कोष कार्यान्वयनमा
तनहुँको एक गाउँपालिकाले मजदुर सञ्चयकोष कार्यान्वयमा ल्याएको छ ।
डेंगु सङ्क्रमणको जोखिमबाट सतर्क रहन आग्रह
हिमाली जिल्ला ताप्लेजुङमा डेंगु सङ्क्रमणको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्मीयाममा डेंगु सङ्क्रमणको जोखिम बढ्नसक्ने भएकाले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो ।
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
यही जेठ ३० गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले यहाँ आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ ।
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्नुभएको छ ।
नेपालगन्ज-दिल्ली उडानका लागि सरकारलाई दबाब
नेपालगन्ज-दिल्ली उडान सुरु गराउन सरकारलाई दबाब दिनका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको नेतृत्वमा १६ सदस्यीय दवाव समूह गठन गरिएको छ ।
दुर्घटना न्यूनीकरणका लागि साइकल र्याली
सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि शनिबार बर्दीबासमा साइकल र्याली निकालिएको छ ।
पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास
लमजुङको क्होलासोँथर गाउँपालिका ५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ ।
गोरखामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु
गोरखाको गण्डकी गाउँपालिका–२ स्थित याङदीमा ३० रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको छ ।
छ साहित्यिक स्रष्टा सम्मानित
पुतलीबजार नगरपालिका–१ मा छ जना साहित्यिक स्रष्टा सम्मान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान, रचना वाचन एवम् रजस्थल साहित्यिक पत्रिकाको शताङक विमोचन कार्यक्रममा सम्मान गरिएको हो ।
एकल महिलालाई आत्मनिर्भर बनाउन बाख्रा सहयोग
तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलाको आयआर्जनमा थप टेवा पुर्याउने उद्धेश्यले वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
विपदबाट दुई करोड बढीको क्षति
गुल्मीमा विपद्का घटनाबाट दुई करोडभन्दा बढीको क्षति भएको पाइएको छ।
काठेखोला र तमानखोलाका कृषकलाई मौरीसहितका घार वितरण
बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका कृषकलाई गोलासहित मौरीको घार वितरण गरिएको छ ।
दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका जिल्लाको गौरीशङ्कर गाउँपालिका ४ डेपुङ भन्ने स्थानमा बोलेरो दुर्घटना भएको थियो ।
‘हुलाक सेवा रूपान्तरण गरेर अरबौँ आम्दानी गर्न सक्छौँ’ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको डिजिटलाइजेसन आवश्यक रहेको बताउनुभएको छ ।
सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति
निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको हो ।
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफँै कखरा सिक्दै हुनुहुन्छ ।
हर्षाेल्लासका साथ मनाइयो बकर इद पर्व
सुनसरीका इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले बकर इद शनिबार हर्षाेल्लासका साथ मनाएका छन् ।
प्रमुख देवकोटाद्वारा इदको शुभकामना
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले ईद–उल–अजह बकर इदको अवसरमा स्वदेश तथा विदेमा रहेका इस्लामधर्मी दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
क्षतिग्रस्त विद्यालय पुनर्निर्माण हुँदै
सिन्धुली जिल्लामा गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त सामुदायिक विद्यालय धमाधम पुनर्निर्माण भइरहेका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त गोलन्जोर गाउँपालिका–३ स्थित कुशेश्वरी प्राविको चार को
बिस करोडको किताब बिक्री
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले यस वर्ष २० करोड रुपियाँभन्दा धेरैको किताब बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि जेठ २२ गतेसम्म २० करोड १४ लाख ३
सगरमाथा संवाद बहुआयामिक प्रभाव
सगरमाथा आधार शिविर आसपासमा आश्चर्यजनक रूपमा हिउँ घट्न थालेपछि र हिमाली क्षेत्रका हिमतालको आकार अस्वाभाविक बढ्दै गएपछि विश्व मानव समुदाय सशङ्कित बनेको छ । सन् १९६० सम्म इम्जा हिमताल सानो खाल्डो जस्तै थियो ।